सार्वजनिक सुनुवाई कार्यक्रम

  • श्रेणी

    कार्यक्रम

  • कार्यक्रम मिति

    २०८३-०८-२२ · १४:०० २०८३-०८-२२ · १७:००

  • स्थान

    पोखरा सभागृह

पोखरा महानगरपालिकाबाट नगरबासीहरूमा प्रवाह हुने सेवा सुविधा एवं विकास निर्माण लगायतका कार्य सम्पादनका सम्बन्धमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम मिति २०८३/०८/२२ गते (मंगलबार) दिनको २ बजे पोखरा सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, सेवाग्राहीहरु, सञ्चारकर्मी, बुद्धिजीवी, आमा समूह, टोल विकास संस्था, युवा क्लब, नागरिक समाजका अभियन्ताहरु लगायत सरोकारवाला सबैमा उपस्थितिको लागि महानगरपालिका हार्दिक अनुरोध गर्दछ।